किराँतीको ‘महान जनविद्रोहको दर्शन’प्रति कार्यकर्ताकै असन्तुष्टी

काठमाडौ ,९ असोज । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक शनिबार बिहान बस्ने भएकोछ । लामो समय पछि पार्टी केन्द्रीय कार्यालय गौशालामा बस्ने सो बैठक बिहान ११ बजे शुरु हुने माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले जानकारी दिनुभयो ।

बैठकको कार्यसूचिमा पार्टीको बैचारिक, राजनैतिक र साङ्गठनिक विषय रहेको महासचिव बुढाथोकीले जानकारी दिनु भयो । वर्तमान सरकारको क्रियाकलाप देश र जनताको हित प्रतिकुल देखिदै आएका कारण त्यसविरुद्ध पार्टीले आगामी दिनमा निर्वाह गर्नुपर्ने भुमिकाका सन्दर्भमा पनि बैठकमा छलफल हुने बताईएकोछ ।
अध्यक्ष गोपाल किराँतीद्वारा हालै प्रकाशित महान जनबिद्रोहको “दर्शन” नामक पुस्तकमा समेटिएका विषय बस्तु पनि पदाधिकारी बैठकको एजेन्डा बन्ने महासचिव बुढाथोकीको भनाई छ । किराँतीद्वारा लिखित सो पुस्तकमा प्रकाशित विपश्यना विज्ञान मार्क्सवादको चौथो संघटक अंग भन्ने बिषय बस्तुप्रति अधिकांश पार्टी कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन। पदाधिकारी बैठकले सो असन्तुष्टि सम्बोधनका लागि घनिभूत छलफल गरि एउटा निष्कर्षमा पुग्ने पनि महासचिव बुढाथोकीले जानकारी दिनुभयो ।

