राप्रपामा बिधान मस्यौदा समिति गठन



काठमाडौ, ८ असोज । राप्रपाले विधान मस्यौदा समिति गठन गरेको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको बसेको बैठकले निरञ्जन थापाको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको हो ।
पार्टीको अन्तरिक विधानलाई पार्टीको एकताको आधारपत्रको भावना समेटेर समितिलाई १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
सो समितिमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक सदस्य रहेका छन् ।
यसअघि तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएर राप्रपा गठन गरिएपछिको पहिलो एकता महाधिवेशन आउँदो वैशाख २५देखि २८सम्म काठमाडौंमा गर्ने निर्णय राप्रपाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्