ट्रमाबाट शिक्षण अस्पतालमा डा. केसी



काठमाडौं, असोज ७ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि भएको प्रहरी ज्यादतीको सर्वत्र आलोचना भएपछि उहाँलाई शिक्षण अस्पताल लगिएको छ ।

जुम्लामा अनशनरत हुँदा स्वास्थ्य अवस्था खस्किएपछि मंगलबार काठमाडौं आउनु भएको डा. केसीले आफू शिक्षण अस्पतालमा उपचारमा जाने बताउँदा बताउँदै पनि प्रहरीले दुर्व्यवहार गरी ट्रमा सेन्टर पुर्‍याएको थियो ।

डा. केसीमाथि सरकारले गरेको यस हर्कतको सर्वत्र निन्दा र भर्त्सना भएपछि अन्ततः उहाँलाई साँझ राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजञ्ज सारिएको हो ।
ट्रमा सेन्टरबाट डिस्चार्ज गरी साँझ साढे ६ बजेपछि केसीलाई टिचिङ अस्पताल पुर्‍याइएको उहाँका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।
यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई प्रहरीले जोरजबरजस्ती गरी टिचिङ अस्पतालमा आउन नदिई बीच बाटोबाटै ट्रमा सेन्टरमा लगिएको थियो। डा. केसीले शिक्षण अस्पतालमा नलग्दासम्म कुनै उपचार नलिने अडान राखेपछि उहाँलाई त्यहाँ जान दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्