सभापति देउवाले फेरि गरे ३४ जनालाई मनोनयन (नामावली सहित )

काठमाडौं,५ असोज । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बिरोधका बाबजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिभाग गठन र मनोनयनलाई जारी नै राखेका छन। महाधिवेशनलाई प्रभावित गर्ने भन्दै पौडेल समूहले बिभाग गठन तत्काल रोक्न दबाब दिइरहे पनि देउवाले पछिल्लो पटक पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनयन गरेका छन्। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा सोमबार सो नियुक्ति गरिएको बताएका छन्।

सदस्यमा नियुक्त हुनेमा विरेन्द्रकुमार माझी (मोरङ्ग),दिलबहादुर गुरुङ्ग (जर्मनी), प्रेमध्वज लामा (सिन्धुपाल्चोक),जानकीलाल बस्नेत (दाङ्ग),कुलप्रसाद गुरुङ्ग (हङकङ) ,नरेन्द्रभाट(डडेलधुरा-कतार),साम्राज्य बिक्रम पाण्डे (कैलाली, तिलकबहादुर भण्डारी (रुकुम), पेमा निमा शेर्पा (ओखलढुङ्गा), भरत गुरुङ्ग (चितवन), मनोज मिश्र (धनुषा), सुरज नायक (अमेरिका),गिरिराज कुँवर (दक्षिण कोरिया),श्री सापकोटा (नुवाकोट),लवराज दाहाल (काठमाडौं), राम श्रेष्ठ (स्याङ्जा),नाचोङ गुरुङ्ग (मनाङ्ग)रहेका छन् ।
यसैगरी विष्णुबहादुर रायमाझी (रुपन्देही), दिनामणि पाण्डे (अर्घाखाँचीभारत),कृष्ण सापकोटा (गुल्मी),चित्रबहादुर मल्ल (मुगु),दिलेन्द्र रावल (कञ्चनपुर),प्रज्ञान न्यौपाने (दाङ), भरत अर्याल (अमेरिका),जगदीश न्यौपाने (तनहुँ),मनोज भण्डारी (काठमाडौं),बद्री अर्याल (धादिङ्ग), जगदीश पौडेल (स्याङ्गजा),नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं), सन्तोषप्रसाद रिजाल(मलेसिया,पाँचथर),शेषकान्त पुरी (स्याङ्गजा),जगदीश खाँण (नवलपुर),जीवन नेपाल (इलाम),श्यामप्रसाद उप्रेती (दोलखा)लाई पनि सभापति देउवाले सदस्य मनोनयन गरेको जनाइएको छ।

