सभापति बस्नेतको निर्देशन- ‘भ्रष्टाचारको सांक्षी बस्ने होइन भन्डाफोर गर्नुस् ‘

सोलुखुम्बु , ४ असोज । नेपाली काँगेस सोलुखुम्बुका सभापति बिनोद कुमार बस्नेतले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाइ पुर्ण रुपमा प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशन दिएका छन ।
थुलुङ दुधकोशी गाउंपालिकास्तरीय पार्टीको बैठकलाई शनिबार सम्बोधन गर्दै सभापति बस्नेतले सो निर्देशन दिएका हुन। गाउँपालिकाको नेतृत्वले गरेका भ्रष्टाचार र बिकृतिको साक्षी नबसी बिद्रोह तथा भन्डाफोर गर्नु पर्नेमा सभापति बस्नेतको जोड थियो।


कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सह सचिव कुसराज राइले शिक्षकहरुलाइ धम्की दिदै पार्टी प्रबेश गराएको घटनाप्रति खेद व्यक्त गरे । कुनै पार्टी विशेषको झन्डा बोकेर हिड्नु भन्दा पनि आफ्नो पेसाको मर्यादा बचाउनको लागि शिक्षकहरुलाइ आग्रह गरे।
नेपाल विद्यार्थी संघ पुर्ब केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका जिल्ला सदस्य नवीन थापाले काँगेसभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाउंदै सत्ताधारीहरुले गरेको ब्रम्हलुटको बिषयमा जनतामाझ जानु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका अर्का जिल्ला सदस्य कान्तिराज थुलुङले कम्युनिस्टहरु कमाउनिस्ट को नामले परिचित हुन थालेको बर्तमान सन्दर्भमा जनताका साझा मुद्दाहरु उठाएर काँग्रेस अगाडि बड्नु पर्ने जोड दिए ।
कार्यक्रममा काँग्रेस जिल्ला सदस्य घनराज सुनुवार थुलुङदुधकोशी गाउंपालिकाकि उपाध्यक्ष सबिता राई नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता अस्बिनबाबु थापा लेखक संघ अध्यक्ष सुबास सङगम राई महिला संघ उपाध्यक्ष एकाकुमारी बस्नेत शिक्षक महासंघका स्थानीय अध्यक्ष डन्डी खतिवडा लगायतले आफ्नो भनाइ राखेका थिए ।
बैठक गाउँपालिकाका सभापति महेन्द्रदिप राइको सभापतित्वमा सम्पन्न भएको थियो।

