सोलुखुम्बु : हुतराजको जिम्मामा किसान संघ

सोलुखुम्बु , ४ असोज । नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान संघ सोलुखुम्बुको जिम्मेवारी लामो समय शिक्षण पेशामा बिताएका हुतराज बस्नेतले सम्हाल्ने भएका छन।
शिक्षण पेशाबाट निबृत्त भएयता सोलु कांग्रेसको राजनीतिमा आफुलाइ कृयाशील गराएका पूर्ब महासमिति सदस्य बस्नेतलाई नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानुभक्त सिग्देलले शनिबार काठमाडौंमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन। सभापतिमा बस्नेतको मनोनयनसंगै किसान संघका अन्य पदाधिकारी तथा सदस्यहरुलाइ पनि पुर्णता दिइएको छ।जस अनुसार जितबहादुर राई (बुङ) लाई उपसभापतिमा, प्रेम गुरुङ (केरुङ) सचिवमा, आङदोर्जि शेर्पा (चौरिखर्क) कोषाध्यक्षमा र हरिबहादुर मगर (केरुङ)लाइ सहसचिवको जिम्मेवारी दिइएको छ।

त्यस्तै गरि नेपाल किसान संघ सोलुखुम्बुको सदस्यहरुमा सोमरिञ्जी राई (देउसा), रामकुमार गिरि (जुवु), रामकाजि खड्का (नेचा), घनश्याम बास्तोला (नेचा), जयप्रसाद राई (सोताङ), इन्द्र खड्का (नेले), निमादावा शेर्पा (गुँदेल), अमरकाजि बस्नेत (मुक्ली), युक्त बहादुर कार्की (चौलाखर्क), धनबहादुर तामाङ (लोखिम), खिला सार्की (पञ्चन), चन्द्र खालिङ (काँकु), द्रोण दाहाल (गोराखानी), राजकुमार प्रधान (गार्मा), पुनम कार्की (मुक्ली), मन कुमारी राई (वाकु) लाई सदस्यमा मनोनयन गरिएको छ ।

