विद्यालय शिक्षा सहजिकरणको तेस्रो स्थानीय अन्तरकृयात्मक छलफल सम्पन्न



लावण फुयल
धादिङ, भाद्र ३०
धादिङ जिल्ला स्थित पृथ्वी राजमार्ग क्षेत्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको Lockdown Education Experience and Way Forward शीर्षकमा गोष्ठी आदर्श मा वि, गजुरीमा आयोजना गरियो। बेनिघाट रोराङ, गजुरी, सिध्दलेक, गल्छी, थांक्रे तथा धुनिबेशी नगरपालिकासम्मका १३ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो। साथै जनजागृति मा वि, थाक्रे र आदर्श मा वि, गजुरीका वि व्य स अध्यक्षहरुको अतिरिक्त गजुरी गा पा को शिक्षा अधिकारीको समेत सहभागिता रहेको थियो।
उक्त गोष्ठीमा सत्यवती मा वि का लक्ष्मण शर्मा (ने रा शि सङ्गठनको अध्यक्ष ) ले विगतको सहजिकरण प्रयत्नहरुबाट मुलुकभर शिक्षक विद्यार्थीहरुले आर्जन गरेका अनुभव, विद्यार्थी सहजिकरण निर्देशिका अन्य जिल्लाहरुमा भए गरेका उपयोगी अभ्यासहरुका अतिरिक्त अब अगाडि बढ्ने सम्भावित बाटोहरु तरिकाहरुको बारेमा विचार व्यक्त गर्नुभएको थियो भने सबै विद्यालयका प्रधानाध्यापकहरुले आफ्नो विद्यालयको विशिष्ठता आगामी रणनैतिक तयारीहरुको बारेमा प्रकाश पार्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्