बालदिवसमा प्रशान्तिको भर्चुअल कार्यक्रम



काठमाडौँ , ३० भाद्र । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२ कपन स्थित प्रशान्ति एकेडेमीलेअन्तर्राष्ट्रिय बालदिवसमा भर्चुअल बालदिवस कार्यक्रम मनाएको छ ।
कार्यक्रममा विधालयका प्रिन्सिपल समिर वास्तोलाले व्यानरको प्रदर्शनीका साथ कार्यक्रमको सुरुवात गर्दै “बिपतमा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता” नारा तय गरिएको यस वर्षको राष्ट्रिय बाल दिवस कोरोना प्रकोपका कारण भर्चुअलमा सिमित वनेको बताउंदै अाफ्नो परम्परालाइ धान्नका लागि मात्रै कार्यक्रम आयोजना गरिएको बताए।


जुम मिटिङमा आयोजित उक्त कार्यक्रम २ घण्टासम्म चलेको थियो ।दीनको ३ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा शिक्षक वर्गले पनि सुभकामना व्यक्त गरेका थिए।
सो दिन भर्चुअल माध्यमवाट प्रत्येक तहगतकक्षागत रुपले क्विज (हाजीरी जवाफ) प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा विजयी हुनेलाई शैक्षिक सामाग्रीहरु पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्