सांसद राई र अध्यक्ष बास्तोला जम्मरकट्टेल सेवा प्रतिस्ठानमा

सोलुखुम्बु , २८ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रीय सदस्य एबम संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ले देशको बिकास र समृद्धिमा सामाजिक संस्थाहरुको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ।

जमरकट्टेल सेवा प्रतिस्ठान नेपाल नेचासल्यान सोलुखुम्बुको नबनिर्मित भवनको अवलोकनपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार सांसद राइले सो कुरा बताउनुभएको हो।वहाँले सामाजिक संघसंस्थाहरुले गरेको बिकास हेर्न नचाहने प्रवृत्ति समाजमा विद्यमान रहेको अवस्था मा प्रतिस्ठानले गरेको कार्य प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो ।
संघिय सांसद बिकास कोषको स्थानीय पुर्बाधार विकास साझेदार कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षको बजेटबाट सांसद राइले आफैंले उपलब्ध गराएको १० लाख रुपैयाँबाट सो भवनको निर्माण सम्पन्न हो । बहुसाँस्कृतिक विविधता भएकाे देशमा जाती ,भाषा, धर्म र सँस्कृति संरक्षण र प्रवर्द्धन गर्ने जिम्मा राज्यको मात्र नभएर सबै नागरिकहरुको पनि भएको चर्चा गर्दै सांसद राइले जमरकट्टेल सेवा प्रतिष्ठानले गरेको काम अनुकरणीय भएको धारणा राख्नुभयो।
कार्यक्रममा बाेल्दै नेचासल्यान गाउँपालिका अध्यक्ष बास्ताेलाले प्रतिष्ठानले तय गरेका याेजनाहरू दीर्घकालिन र समाज विकासका हिसावले उपयुक्त रहेकाे बताउंदै भारद्ववाज ऋषि अाश्रम ,नवग्रह वाटिका तथा शिव मन्दिर निर्माण स्थलकाे जग्गा व्यवस्थापन भएर यति धेरै सपनालाई कार्यान्वयनकाे चरणमा लैजान सक्नु ठुलाे उपलब्धि भएको चर्चा गर्नुभयाे ।

कार्यक्रममा प्रतिष्ठानकाअध्यक्ष कमलप्रसाद जमरकट्टेलले प्रतिष्ठानकाे वर्तमान गतिविधि तथा भावि कार्य याेजनाहरूकाे जानकारी गराउनु भएकाे थियाे ।
प्रतिष्ठानले भारद्ववाज ऋषि अाश्रम तथा शिव मन्दिर निर्माणकाे याेजना तय गरेकाे छ । शिव मन्दिर निर्माणका लागि २५ लाख बजेट अावश्यक रहने र साे रकम बन्धुहरू बाट सङ्कलन गरिने याेजना अनुसार निर्माणकाे प्रक्रियामा रहेकाे जानकारी महासचिव देवेन्द्र जमरकट्टेल गराउनुभयाे ।

