सोलुखुम्बु :तिङ्लामा राष्ट्रिय युबा संघ गठन,नेकपामा भित्रिए ४५ कांग्रेस कार्यकर्ता

सोलुखुम्बु , २८ भाद्र । तिनै तहका निर्बाचन बहिष्कार गरेर चर्चामा आएको तिङ्लामा राष्ट्रिय युबा संघ नेपाल गठन गरिएको छ।

सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ११ पर्ने तिंङ्लामा शनिबार सम्पन्न भेलाले जितकुमार राइको संयोजकत्वमा राष्ट्रिय युवा संघ वडा कमिटी गठन गरेको हो।
नगर संयोजक प्रकाश कार्कीको सपतित्वमा सम्पन्न भेलाद्वारा गठित कमिटीको सहसंयोजकमा जितबहादुर बिक ‘दिनेश’ रहेका छन।२९ सदस्यीय सो कमिटीमा बाबुकाजी,कार्की,अमर कार्की ,शिबराम कार्की,उत्तम राई, सन्तोष केसी ‘राज,’बम बहादुर राई, देबराज भुझेल,उमेश भुझेल,पासाङ शेर्पा,रुद्रबहादुर सार्कीलाई सदस्य चयन गरिएको छ।
यसै गरि कमिटीका अन्य सदस्यहरुमा महनमणी राई,कमल मगर,खड्ग बहादुर राई,जीवन कार्की ,मिना कार्की ,भेषराज कार्की, शेरबहादुर खड्का,बिक्रम कार्की, ढकीमाया सार्की,भलबहादुर बिक,सन्तोष मगर,सुबास मगर,दिपेन्द्र मगर,प्रदिप बिक,सरोज कार्की,लोकबहादुर परियार र नवीन कार्की छन।नब गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाइ राष्ट्रिय युबा संघ नेपाल सोलुखुम्बुका संयोजक देबबहादुर(देउता)बस्नेत सपथ गराएका थिए।
भेलामा नेकपा जिल्ला नेताहरु सोभित बस्नेत, रामकुमार राई,मोहन कुमारी कार्की,युबा संघ सहसंयोजक योगेश श्रेष्ठ लगायतको सहभागिता रहेको अनेरास्ववियु सोलुखुम्बु जिल्ला कमिटीका सदस्री किशोर कट्वालले रहस्यखबरलाइ बताए।
तिङला तरुण दलका उपाध्यक्ष रामकाजी कार्की लगायत ४५ जना कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरि शनिबारबाटै नेकपामा प्रवेश गरेको पनि कट्वालले बताए।

