घरबेटीको कुटाइबाट एक भाडावालाको मृत्यु : घरबेटी प्रहरी नियन्त्रणमा

काठमाडौँ , २६ भाद्र । काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ का प्रेमलाल महर्जनको कुटाइबाट बाराको कलैया स्थायी घर भएका ४८ वर्षीय शम्भु चौधरीको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मापसे गरेर महर्जनको घरमा पुगेका चौधरीलाई उनले भाटाले हानेर सख्त घाइते बनाएका थिए । लगत्तै चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

