स्वीस प्रतिनिधि फुनुरुले उपलब्ध गराए खुम्बु पासाङल्हामुमा राहत

खगिन्द्रराज बास्तोला

सोलुखुम्बु , २६ भाद्र।कोरोना संक्रमणको महामारीका कारण समस्यामा परेका खुम्बु पासाङल्हामु गाउँपालिका-१ बुप्सा,कांडे,थामडांडा र खार्तेका १ सय ३० बिपन्न परिवारलाइ राहत बितरण गरिएको छ। नेपाल शेर्पा संघका केन्द्रीय प्रतिनिधिसमेत रहेका नौलेख स्वीस फाउन्डेसनका प्रतिनिधि फुनुरु शेर्पाले बिहिवार राहत बितरण गरेका हुन। कोङ्दे युबा क्लबको समन्वयमा गरिएको राहत बितरणमा प्रति परिवार १ बोरा चामल बितरण गरिएको क्लबका अध्यक्ष आङछोम्बी शेर्पाले जानकारी दिए।
फुनुरुले हिमालय सामुदायिक संस्थाको सहकार्यमा गत सोमबार पनि राहत उपलब्ध गराएका थिए। सोहि वडाको पैंयाका ६५ घरधुरीलाई सोमबार एक बोरा चामल,५ केजी दाल र ५ केजी आंटा बितरण गरिएको थियो। यो कठिन समयमा राहत बितरण गरेर फुनुरुले ठूलो मानवीय कार्य गरेको भन्दै कोङ्दे युबा क्लबका सदस्य समेत रहेका मन्जो सामुदायिक स्वास्थ्य क्लिनिकका अहेव लाक्पागेल्जेन शेर्पाले स्वीस प्रतिनिधि फुनुरुलाइ धन्यवाद दिएका छन। शेर्पाले यसलाई राहत नभएर मायाको चिनोको रुपमा सम्झनुपर्ने बताए ।फुनुरुले आजपनि राहत बितरण बितरण गर्ने कार्यक्रम छ।

