कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, भाद्र २३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका छन् । मंगलबार स्वाब परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

उनले भनेका छन्, मलाई कोरोना संक्रमण पुष्टि भएको छ, हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन ।’ उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा सजगता अपनाउन पनि आग्रह गरेका छन् ।
सोमबार ज्वरो आएपछि कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । मंगलबार ज्वरो घटिसकेको र उनी आराम गरिरहेको उनका स्वकीय सचिव भरत तिवारीले बताएका छन् ।

