राजनीतिक आस्थाका आधारमा कसैलाई विभेद नगर्न कर्मचारीहरुलाइ सांसद राइको निर्देशन



सोलुखुम्बु, २२ भाद्र। नेपाल निजामती कर्मचारी संगठन नेचा सल्यानको आयोजनामा सोमबार बृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एबम संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ को प्रमुख आतिथ्य तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोला र उपाध्यक्ष कुमारीदेबी शर्माको बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अन्य जनप्रतिनिधिहरुको समेत उपस्तिथि रहेको थियो। १७ औं निजामती कर्मचारी दिवसको अवसरमा गाउँपालिका परिसरमा बृक्षारोपणपश्चात् आयोजित अन्तरक्रियामा प्रमुख अतिथि सांसद राइसहितका बक्ताहरुले देश बिकास र समृद्धिका लागि कर्मचारीहरुको भुमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए।

कर्मचारी संगठन नेचासल्यानका अध्यक्ष युबराज कटेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अतिथि राइले राजनैतिक आस्थाका आधारमा कसैलाई पनि विभेद नगर्न कर्मचारीहरुलाइ निर्देशन दिएका थिए ।

अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा निजामती कर्मचारीहरुको भुमिका महत्वपूर्ण रहेको बताउंदै सांसद राइले अब सबैको ध्यान राष्ट्रिय बिकास र समृद्धितर्फ केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे।’सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सरकार, जनप्रतिनिधि र निजामती कर्मचारीहरु हातेमालो गरेर अगाडी बढ्नुको बिकल्प नरहेको सांसद राइको भनाइ थियो।

कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जनताको अधिकार स्थापना गर्ने मुख्य स्थायी सरकार नै निजामती कर्मचारी भएकोले जनप्रतिनिधिले निर्माण गरेका निति नियमका आधारमा कर्मचारीहरु अघि बढ्नुपर्ने बताएका थिए।

कर्मचारीको उच्च मनोबल र समन्वयकारी भुमिका बिना कुनै पनि तहका सरकार सफल नहुने बताउंदै अध्यक्ष बास्तोलाले जनप्रतिनिधिहरुसंग समन्वय गरि इमान्दारपुर्बक अघि बढ्न कर्मचारीहरुलाइ आग्रह पनि गरे ।

सो अन्तरक्रियामा गाउँपालिकाका प्रबक्ता एबम वडा नं ३ का वडाध्यक्ष कुमार अधिकारी,संगठनका कोषाध्यक्ष मेघराज कटेलले पनि आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्