सोलुखुम्बु : कालिकादेबी माबि पन्चनमा बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु



सोलुखुम्बु , २२ भाद्र ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा रहेको कालिकादेबी माध्यमिक बिद्या लयमा पठनपाठन सुचारु गरिएको छ।

कोरोना भाइरस (covid- 19)को महामारीका कारण स्थगित पठनपाठन कार्यलाई वैकल्पिक माध्यमबाट सुचारू गरिएको सहायक प्रधानाध्यापक बिष्णु ढुंगेलले जानकारी दिए।

विद्यालयका सहायक प्रधानाध्यापक ढुंगेलका अनुसार साविकको पञ्चन गाविसका वडाहरूलाई कार्यक्षेत्र बनाई टोलटोलमा सिकाइ सहजीकरण टोलि परिचालन गरिएको छ । पहिलो चरणमा विद्यार्थीको अवस्था पहिचान, नयाँ भर्ना दर्ता, गृहकार्य प्रदान र अनुभव आदानप्रदान गर्ने र यस कार्यक्रमको प्रभावकारितालाई हेरि थप गतिविधिहरू अगाडि बढाइने उनले बताए ।

सोही कार्यक्रमको क्रममा सोमबार साविकको वडा नं. ३,५,६,७,८ र ९ मा विद्यार्थी तथा अभिभावकसँग भेटघाट गरिएको र यो क्रम भाद्र मसान्तसम्म जारि रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्