ललितपुरमा ५ जनाभन्दा बढी भेला हुन नपाइने



काठमाडौं, २० भाद्र । जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने आदेश जारी गरेको छ।

कर्फ्यू आदेश सकिनु अघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी शुक्रबार सो कुरा जनाएको हो।

आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ।रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहिवार स्थानीय र प्रहरीबीच झडप भएपछि प्रशासनले शुक्रबार कर्फ्यु लगाएको थियो।घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय १० जनालाई पक्राउ अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्