तथ्यहिन दुष्प्रचारको भ्रममा नपर्न माप्यदुधकोशी गाउंपालिकाको आग्रह



सोलुखुम्बु , १९ भाद्र । बिकसित र समृद्ध गाउँपालिका निर्माणका लागि निरन्तर भइरहेका प्रयासहरुबाट अत्तालिएर केहि तत्वले पछिल्लो समय अध्यक्ष बुद्धिकिरण राइ र सिंगो गाउँपालिकाविरुद्ध नियोजित प्रहार भइ रहेको भन्दै जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले कडा आपत्ती प्रकट गरेको छ।

गाउँसभाले पारित गरेको नीति,कार्यक्रम र बजेटको अधिनमा रहि प्रचलित कानुनी ब्यबस्था अनुसार पारदर्शी ढंगले हरेक योजना र कार्यक्रम अगाडी बढी रहेको स्पष्ट पार्दै गाउँपालिकाका प्रबक्ता तेजबहादुर थापामगरद्वारा शुक्रबार जारी बिज्ञप्तिमा दिंउँसै रात पार्ने ढंगले भइरहेका यस्ता कुप्रचार राजनीतिक पूर्बाग्रहको पराकाष्ठा भएको आरोप लगाइएको छ।

केहि सन्चारमाध्यम र सामाजिक सन्जाल प्रयोगकर्ताहरुले गाउँपालिकाको नेतृत्व र जनप्रतिनिधिहरुको मानमर्दन गर्न सके गाउँपालिकाको बिकास र समृद्धिको यात्रामा अबरोध पुर्‍याउन सकिने निष्कर्षसहित असान्दर्भिक र तथ्यहिन बिषय उठाएर भ्रम फैल्याउन खोज्नु निन्दनीय भएको उल्लेख गर्दै बिज्ञप्तिमा अनावश्यक भ्रम फैलाउने तत्वहरुमाथि कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायहरूसंग आग्रह गरिएको छ।

गाउँपालिकाबिरुद्द पछिल्लो समय कंही कतै कुनै किसिमको उजुरी नपरेको स्पष्ट गर्दै थापामगरले बिज्ञप्तिमा गाउँपालिकाको केन्द्रको बिषयमा परेको मुद्दा समेत फिर्ता भइ सकेको अवस्थामा कतिपय जनप्रतिनिधिहरुको समेत नाम जोडेर गरिएको अनावश्यक प्रचार हांस्याष्पद रहेको उल्लेख गरेका छन।

गत बर्ष गरिएको बेनामे उजुरीमा कतिपय वडाध्यक्षहरुको नाम जोडिनु खेदजनक भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।बिज्ञप्तिमा भनिएको छ,-‘ वडा नं ३, ५,६ र ७ का वडाध्यक्ष क्रमशः नारायणकाजी कार्की, निमराज तामाङ,दिनेश कुमार राई र सगुजित राइले उजुरीमा आफुहरुको कुनै संलग्नता नरहेको भन्दै गलत ढंगले आफुहरुको नाम जोडिएकोप्रति आपत्ति जनाउनुले नै प्रचारमा कति सत्यता छ भन्ने स्वत पुष्टि गर्दछ।’

जनचाहना अनुरुप सम्पूर्ण जनप्रतिनिधिहरु एकढिक्का भएर गाउँपालिकाको सर्बाङ्गिण बिकासका लागि अहोरात्र खटिरहेका बेला गरिएका दुष्प्रचार अर्थहिन भएको उल्लेख गर्दै थापामगरले कुनै किसिमको भ्रममा नपरी बिकसित र समृद्ध गाउँपालिका निर्माणको महाअभियानमा हातेमालो गरि अघि बढ्न सबै पक्षसंग आग्रह गरेका छन।

बिज्ञप्तिमा एन,कानुनको अधिनमा रहि बिधिपूर्बक उपभोक्ता समिति गठन गरी योजनाको अनुगमन देखि फरफराक वडाध्यक्षको अनुगमन र किटानी सिफारिस साथै उपाध्यक्षको संयोजकत्वमा रहेको अनुगमन समितिको प्रतिबेदनका आधारमा गरिंदै आएको स्पष्ट गरिएको छ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्