रातो मच्छिन्द्रनाथ : क्षमापुजा आज, रथयात्रा नरोकिने

काठमाडौं, १९ भाद्र । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरका स्थानीयले बिहीवार बाट सुरु गरेको रातो मच्छिन्द्रनाथको रथयात्रा नरोकिने भएको छ।

रथयात्राका क्रममा प्रहरीसंगको झडप पछि बसेको सरोकारवालाहरुको बैठकले रथयात्रालाइ निरन्तरता दिने निर्णय गरेको बताइएको छ। ६ महिनादेखि रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निर्णयमा सरोकारवाला संस्थाहरु पुगेका हुन्।
बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै भाद्र १९ गते क्षमा पूजा गर्ने निर्णय गरेको छ। यस्तै, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ।
यसरी साइत हेरे पनि निस्किएको मिति (सम्भवत भाद्र २६ गते) मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्य: जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जनाएका छन्।

