प्रहरीमाथि आक्रमण गरेको आरोपमा ९ जना पक्राउ



काठमाडाैं। रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको क्रममा प्रहरीमाथि आक्रमण गरेको आरोपमा नाै जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा १६ गावाहालका ४० वर्षिय महेश बज्राचार्य,ललितपुर महानगरपालिका वडा ११ बंगलामुखीका वर्ष ३९ का पृथ विन्दु महर्जन,ललितपुर महानगरपालिका वडा २१ बस्ने वर्ष ३८ का अशोज कुमार महर्जन,ललितपुर महानगरपालिका वडा ६ बस्ने वर्ष ३६ का रवि शाक्य,ललितपुर महानगरपालिका वडा १६ बस्ने वर्ष ४० का रविन शाक्य ,महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने वर्ष ४३ का सुविन शाक्य, इमाडोलकै वर्ष ४७ का ध्रुवराज बज्राचार्य,भक्तपुर ठिमी-८ बस्ने वर्ष ३२ का श्याम श्रेष्ठ र काठमाडाैं महानगरपालिका वडा १६ बस्ने वर्ष ४० का यादवलाल कायस्थ रहेको प्रहरीले जनाएको छ।

रथ तान्ने क्रममा कोरोना भाइरसका कारण प्रशासनले जारी गरेको निषेधाज्ञा भङ्ग भएपछि प्रहरीले जात्रा रोक्ने प्रयास गरेको थियो। सोही क्रममा पुल्चोकका स्थानीयले प्रहरीमाथि आक्रमण तथा कुटपिटसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्