नेचासल्यान कांग्रेसले गाउँपालिकाको खर्च विवरण अध्ययन गर्ने
-डिल्ली शर्मा-

काठमाडौं, १७ भाद्र।नेपाली कांग्रेस नेचासल्यानले गत आर्थिक बर्षको खर्च विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन नेचासल्यान गाउँपालिकालाइ आग्रह गरेको छ।

पार्टी गाउँपालिका समितिको बैठकले गाउँपालिकाको तर्फबाट आर्थिक बर्ष ०६६।७७ मा विभिन्न शीर्षकमा भएको खर्च अध्ययन गर्ने निर्णय गरेको भन्दै सभापति निरकुमार शर्मा कटेलले सो विवरण उपलब्ध गराउन गाउँपालिकालाइ आग्रह गरेका छन।
सभापति शर्मा कटेलले गाउँपालिकालाइ लेखेको पत्रमा कोभिड-१९ को नाममा भएको शिर्षकगत खर्च, उद्दार तथा राहतका नाममा भएको खर्च, जेसीभी प्रयोगको भाडा र खर्च विवरण, स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका काम र खर्च लगायत ११ शीर्षकमा भएको खर्च बिवरणको माग गरिएको छ।


