वीर अस्पतालका डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण, आजबाट ओपीडी सेवा बन्द



काठमाडौं,१७ भाद्र । डाक्टर र नर्ससहित अन्य कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पतालको ओपीडी सेवा आजदेखी बन्द गरिने भएको छ।

तीन साता यता अस्पतालमा कोरोना संक्रमण देखिएपछि अस्पताल कन्ट्याक्ट् ट्रेसिङ, सरसफाइ र सेनिटाइज गर्नका लागि दुइ दिन ओपीडी सेवा बन्द गर्नलागिएको निर्देशक डाक्टर केदार सेन्चुरीले जानकारी दिए।

डा सेन्चुरीका अनुसार संक्रमितहरु विशेषज्ञ चिकित्सक देखि नर्स, ल्याबका कर्मचारी, फर्मासिष्ट, सरसफाइका कर्मचारी गरी ७१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

वीर अस्पतालमा डाक्टर र नर्स सहित मंगलबार मात्र १३ जना कर्मचारीमा कोरोना पुष्टि भएको डा सेञ्चुरीले बताए।

डा सेञ्चुरीले नियमित ओपीडी सेवा बन्द भएपनि अस्पतालको आकस्मिक सेवा, आकस्मिक ल्याब र शल्यक्रिया सेवा भने संचालन हुने बताए ।

यस्तै कोरोनाको फिबर क्लिनिक पनि सञ्चालन हुने डा सेञ्चुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्