कोरोना : पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, १ हजार ६९ संक्रमित

काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जना थप संक्रमितको मृत्यु पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु पुष्टि भएकाहरुमा एक जना बालिका र १० पुरुष छन् । । जसमध्ये काठमाडौंका दुईजना छन् ।य नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा एक सय ७९ पुरुष र ६० महिला छन् ।
उपत्यकामा आज ४ सय ८१ जनासमेत देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले १२ हजार ८८ जनाको पिसीआर परिक्षणमा १ हजार ६९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

