निर्माणाधीन दुधकोशी सामुदायिक अस्पताललाई आर्थिक सहयोग जुट्दै



सोलुखुम्बु , १५ भाद्र। जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकामा निर्माणाधीन दुधकोशी सामुदायिक अस्पतालका लागि समाजसेवी टेक बहादुर राई दम्पतीले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
वडा नं – ६ मुक्ली गैह्री गाउँ स्थायी घर भई हाल पोखरामा बसोवास रहेका राई तथा श्रीमती जसमाया राईले अस्पताल निर्माणार्थ एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको गाउँपालिका अध्यक्ष अशिम राइले जानकारी दिनुभयो ।
यसैगरी हाल काठमाडौंमा रहनु भएका सोही गाउँपालिका-६ का स्थायी बासिन्दा सुर्य कुमार थुलुङ राईको समन्वयमा तनहुँको दमौली निबासी मुना श्रेष्ठ र धादिङकि सबिता गुरुङले क्रमशः दस हजार १० र पांच हजार ५५ रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष राइले बताउनुभयो।उता Hello Intl Pvt गोंगबुले पनि सो अस्पताल निर्माणका लागि एघार हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
अस्पताल निर्माणको महाअभियानमा आर्थिक सहयोग उपलब्ध गराउने सम्पूर्ण दाताहरूलाई गाउँपालिका अध्यक्ष राइले धन्यवाद दिएका छन।
प्रतिक्रिया दिनुहोस्