कम्मर मुनिको भाग नचल्ने बिकको उपचारमा सहयोग गर्न ‘हाम्रो नेपाल,हामी नेपाली’ सोलुको अपिल



काठमाडौं, १५ भाद्र।भ्रष्टाचार बिरुद्धको महाअभियान ‘हाम्रो नेपाल, हामी नेपाली’ बिदेश बिभागका कोषाध्यक्ष समेत रहेकि सोलुखुम्बुका सल्लाहकार सल्लाहकार थुलुङ दुधकोशी गाउँ पालिका निबासी सोनी सङकरले काठमाडौंको ट्रमा सेन्टर उपचाररत खगी बिकलाई आर्थिक सहयोग प्रदान गरेकी छन।

हाल ओमनमा रहेकि सङ्करले बिकको उपचारका लागी १०हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका केन्द्रीय सदस्य एबम् सोलु सह संयोजक लाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए।

डोटी जिल्ला सायल गाउपालिका- ५ का ३५ बर्षीय बिकको भारतको चेन्नै स्थित सिमेन्ट कम्पनीमा काम गर्ने क्रममा लडेर कम्मरका सम्पुर्ण हड्डीहरु टुटेपछि कम्मर मुनिको भाग नचल्ने भएका छन। उपचारका लागि ६/७ लाख भारू खर्च हुने भएपछि आर्थिक अबस्था नाजुक रहेका बिक उपचारका लागि आफन्तहरुको सहारामा स्वदेश फर्किएका थिए।हाल उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भईरहेको शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार पारिवारिक स्थिती दयनीय बिकको उपचारका लागि सहयोग गर्न परिवारले सबैसँग अपिल समेत गरेको छ।सहयोगका लागि पीडित बिककी श्रीमती तारा देबी बिकको मोबाइल नम्बर 986072891,गणेशबहादुर बिकको 9863304508
र तेजबहादुर डम्रेलको 9848620692 भारतका लागि छत्र बिश्वकर्माको 9677079828
सम्पर्क गर्न सकिने शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस्