कोरोना : काठमाडौंमा ४ सय २९ सहित मुलुकभर थपिए १ हजार २२१संक्रमित

काठमाडौं, १४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ ।

आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ८२२ उपचारपछि निको भएका छन्।

