धरानका कोरोना संक्रमित आमाछोराको ४५ मिनेट अन्तरमा गयो ज्यान



काठमाडौं, १४ भाद्र।स्वास्थ्यमा समस्या देखिए पछि शनिबारमात्र अस्पताल भर्ना भएका धरानका कोरोना भाइरस संक्रमित आमा–छोराको एकै दिन ४५ मिनेट अन्तरमा ज्यान गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो (शनिबार) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज (आइतबार) बिहान मृत्यु भएको हो ।

आमाको बिहान ८ः३० र छोराको ७ :४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आमा–छोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझ मात्रै प्रतिष्ठानमा भर्ना भएका थिए । मृतक दुवैमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्