भयावह बन्दै कोरोना : शनिबार एकैदिन नेपालमा २० जनाको मृत्यु

काठमाडौं, १४ भाद्र।संक्रमणको दर बढेजस्तै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै जान थालेको छ। शनिबार एकैदिन २० जना कोरोना संक्रमितहरुको मृत्यु भएको पुष्टि भएको छ।पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने शनिबार अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको औपचारिक घोषणा गरेको थियो । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न भने मन्त्रालयले आज सार्बजनिक गर्ने छ।

