कोरोना अपडेट:काठमाडौं उपत्यकामा १८६ सहित ८८४ जना संक्रमित

काठमाडौं, १३ भाद्र।नेपालमा थप ८८४ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २४२ महिला र ६४२ पुरुष गरि थप ८८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमित हुनेमा काठमाडौं उपत्यकाका १८६ जना रहेका छन् । काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ जना, ललितपुरमा १९ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । शनिबार ३१३ जना डिष्चार्ज भएका छन् । यो संगै कोरोना निको भइ डिष्चार्ज हुनेको संख्या २०,५५५ पुगेको प्रवक्ता गौतमले बताए ।

