६ सय ४९ स्थानीय तहमा ५/५ सैयाका अस्पताल बनाउने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं,१३ भाद्र।स्वास्थ्य मन्त्रालयले १२ भदौमा अस्पताल नभएका ६४९ स्थानीय तहमा तत्काल ५/५ सैयाको अस्पताल बनाउने निर्णय गरेको छ। स्वास्थ्यमन्त्री स्तरीय उक्त निर्णय अनुसार ती अस्पतालमा तत्काल कम्तिमा एक जना एमबिबिएस चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी रहने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।

शुक्रबार भएको उक्त निर्णय अनुसार यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन्। कुन ठाउँमा अस्पताल सञ्चालन गर्ने भन्ने बारेमा निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई दिइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६४९ स्थानीय तहमा हेल्थ पोष्ट र प्राथमिक स्वास्थ्य केन्द्र मात्र भएकाले तिनीहरूलाई स्तरोन्नती गरेर ५ शैयाको अस्पताल बनाउने निर्णय भएको बताए। डा. गौतमका अनुसार मुलुकभरका ७५३ स्थानिय तहमध्ये १०४ वटामा सरकारी अस्पताल छन्, भने बाँकीमा हेल्थ पोष्ट र प्राथमिक स्वास्थ्य केन्द्र मात्र छन्।

