कोरोनाको बहानामा बढ्दो अमानवीय हर्कत



पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिइरहेको छ।समुदायस्तरमै प्रवेश गरिसकेको आशंका गरिएको कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दिनहुँ बढी रहेको छ।मुलुकभरको अवस्था पनि यहि नै हो।दिन प्रतिदिन बढ्दो संक्रमणका कारण जनजीवन थप त्रशीत बनिरहेको छ।

यो अवस्थामा संक्रमणबाट जोगिनका लागि सर्बसाधारणले सचेतता अपनाउनु र स्वास्थ्य मापदण्डको उचित पालना गर्नु स्वभाविक भएपनि कतिपयले अस्वभाविक हर्कतहरु पनि गर्न थालेका छन।संक्रमितहरुप्रति घृणा र उनीहरूको सेवा र जीवनरक्षाका लागि अहोरात्र खटिने ब्यक्तिहरुमाथि पछिल्लो समय भइ रहेका अमानवीय हर्कत पटक्कै क्षमायोग्य छैनन् ।यस्ता घटना मानबता बिरोधी अपराधका चरमरुप हुन।

उता जनस्वास्थ्यको रक्षाका लागि भनेर खोलिएका सरकारीका साथै निजि अस्पताल र तिनमा कार्यरत स्वास्थ्यकर्मीहरुको व्यबहार पनि कम आलोच्य छैन।सामान्य उपचार पाए पुनर्जीवन प्राप्त गर्ने अवस्थाका सर्बसाधारण बिरामीहरु अस्पताल र डाक्टरहरुको बेवास्ताका कारण धमाधम मृत्युवर्ण गर्न बाध्य छन।भगवानका रुपमा हेरिने डाक्टरहरु कोरोनाको बहानामा राक्षसी कुरुप अनुहार लिएर अस्पताल परिसरमा फन्को लगाइरहेको भेटिन्छ।अस्पताल घुम्दाघुम्दै तड्पिएर ज्यान गुमाउन बाध्य कतिपय घटनाले मुलुककै स्वास्थ्य अवस्थालाई गिज्याइ रहेको छ।यो चिकित्सक र अस्पतालहरुको नियत र प्रवृत्ति भन्दा पनि सरकारी संयन्त्रहरु असफल बन्दै गएको जिउँदो जाग्दो उदाहरण हो।

उता राजधानीकै मुटु मानिने बानेश्वरमा गत साता डाक्टर र नर्सहरु बसेको होस्टलमा स्थानीयले घेराउ मात्रै गरेनन् होस्टल सन्चालकलाइ धम्की समेत दिएको घटना बाहिर आयो।डाक्टर र नर्सहरुका कारण टोलमा कोरोना संक्रमण फ़ैलिने भन्दै उनीहरुलाइ होस्टलबाट निकाल्न दबाब दिने उद्देश्यले टोलै उठेर घर घेराउ गर्न आउनु कम सर्मनाक र निन्दनीय कुरा होइन।यो त एउटा प्रतिनिधिमुलक घटनामात्रै हो।यस्ता घटना र व्यबहार त पछिल्लो समय देशैभर हरेक समाज र परिवारमा भइ रहेका छन।

कोरोना संक्रमणसंगको लडाइँमा बिजय प्राप्त गरेपनि परिवार र समाजले गरिरहने एकोहोरो घृणाबाट आजित भएर आत्महत्या गरेका दृष्टान्तहरु कम छैनन् ।यो हाम्रो समाज क्रुर र अमानवीय बन्दै गएको प्रष्ट संकेत हो।यो अवस्थामा संघीय र स्थानीय सरकारहरु सचेत र संबेदनशील भएनन् भने कोरोना भाइरसले भन्दा घृणा र निन्दाले समाजमा अझ भयावह अवस्था निम्त्याउनेमा कुनै संदेह छैन।

कोरोना संक्रमित हुनु न त पुर्बजन्मको पाप हो।न त कुनै ब्यक्तिगत अपराध ! यो भाइरस एक ब्यक्तिबाट अर्कोमा सर्छ भन्ने बिश्व स्वास्थ्य संगठनको भनाइ छ।भीडभाड र सामाजिक दुरी कायम गर्नु यसबाट जोगिने एकमात्र उपाय हो भन्ने बिरलैले नबुझेका होलान्।बुझ्दाबुझ्दै र सावधानी अपनाउंदा अपनाउँदै पनि कतिपय ब्यक्तिहरु कोरोना संक्रमणको सिकार भइ रहेका छन।
पुर्बजन्मको पाप हो।न त कुनै ब्यक्तिगत अपराध ! यो भाइरस एक ब्यक्तिबाट अर्कोमा सर्छ भन्ने बिश्व स्वास्थ्य संगठनको भनाइ छ।भीडभाड र सामाजिक दुरी कायम गर्नु यसबाट जोगिने एकमात्र उपाय हो भन्ने बिरलैले नबुझेका होलान्।बुझ्दाबुझ्दै र सावधानी अपनाउंदा अपनाउँदै पनि कतिपय ब्यक्तिहरु कोरोना संक्रमणको सिकार भइ रहेका छन।

संक्रमित भएपनि उपचार प्राप्त गर्ने र अन्य ब्यक्तिहरुबाट सकारात्मक व्यबहार प्राप्त गर्नु उसको नैसर्गिक अधिकार हो।भनिन्छ, ब्यक्तिको मनोबल नै उसको रोगको आधा उपचार हो।मनोबल उच्च बन्नका लागि चिकित्सकको हार्दिकता र आफन्तहरुको व्यबहार सकारात्मक हुनैपर्छ ।तर कोरोना संक्रमितहरुको हकमा यसको ठिक उल्टो भइ रहेको छ। यद्यपी कुनैपनि तहका सरकार र सरोकारवाला निकायहरुले यसलाई गम्भीरतापूर्बक लिएको पांइदैन।अहिलेको सबैभन्दा ठूलो बिडम्बना नै यहि हो।

पछिल्लो पटक उपत्यका भित्रको एउटा नगरपालिका तारकेश्वरले कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेशनमा बसेका नगरबासीलाई प्रतिव्यक्ति पाँच हजार भत्ता दिने निर्णय गरेको छ ।यो सांच्चिकै स्वागत योग्य कुरा हो। संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न राहत स्वरुप पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गर्ने तारकेश्वर नगरपालिकाबाट अहिले सबैले पाठ सिक्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्