कार्यकर्ताहरुलाइ नियोजित रुपमा फसाउने क्रम नरोकिए आन्दोलन गर्ने सोलु काँग्रेसको चेतावनी



सोलुखुम्बु,८ भाद्र।नेपाली काग्रेस सोलुखुम्बुले तिंङ्लाबाट पक्राउ परेका नेपाल तरुण दलका कार्यकर्ताहरुलाइ तत्काल रिहाई गर्न माग गर्दै आफ्ना भातृसंस्थाका कार्यकर्ताहरु माथि भइरहेको दमन नरोकिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समितिका सह सचिब कुशराज राइले एक बिज्ञप्ति प्रकाशित गरी सत्ताका आडमा प्रहरी प्रशासनले कांग्रेस नेता कार्यकर्ता माथि दमन गरेको आरोप लगाउंदै सो चेतावनी दिएका हुन।बिपक्षी कार्यकर्ताहरु अन्यायमा पर्दा उजुरी दर्ता नगरी प्रहरी प्रशासन मूकदर्शक बनिरहेको उल्लेख गर्दै सहसचिव राइले सत्ता र शक्तिको दबाब र प्रभावमा नियोजित ढंगले कांग्रेस कार्यकर्ताहरुलाइ फसाउन खोजेर शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले नै संस्थागत रुपमा राजनीतिक र सामाजिक सद्भाव भड्काउन खोजेको आरोप लगाएका छन।नियोजित रुपमा प्रहरी प्रशासनबाट भइ रहेका यस्ता घटनाबाट दन्डहिनता बढेको निष्कर्ष समेत सोलु कांग्रेसको छ।

सोलु दुधकुण्ड नगरपालिकाको तिंगलामा पक्राउ परेका तरुण दलका ११ नं वडाध्यक्षसहितका कार्यकर्ताहरुलाइ सांगठनिक तथा समसामयिक छलफलपछि रमितेमा जन्मोत्सवको कार्यक्रममा सहभागी भइ रहेका बेला प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेस सोलुका नेता निरकुमार शर्माले बताए।कांग्रेस कार्यकर्ता सन्तोष खड्काका छोराको जन्मोत्सव मनाइरहंदा अस्थायी प्रहरी पोष्ट तिङ्लाका प्रहरीले उनीहरूलाई पक्राउ गरेको रहेछ शर्माले भने,- ‘उनीहरू अझै रिहा भएका छैनन् ।’

प्रहरीले आइतबार तरुण दल तिङ्लाका अध्यक्ष फुर्वा शेर्पा,उपाध्यक्ष ढल बहादुर कार्की,सदस्यहरु बिजय मगर,शेर बहादुर मगर,भीम बहादुर मगर र चन्द्र बहादुर मगर पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्