महाकुलुङको खिरौंलेमा राष्ट्रिय यूबा संघ नेपाल गठन



सोलुखुम्बु, ८ भाद्र। जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं १ खिरौंले टोलमा राष्ट्रिय यूबा संघ नेपाल खिरौंले टोल कमिटी गठन गरिएको छ।नेकपा गाउँपालिका कमिटी अध्यक्ष बीरेन्द्र कुलुङको प्रमुख आतिथ्यमा आइतबार सो कमिटीको गठन गरिएको हो।

पेम्बादेण्डी शेर्पाको संयोजकत्वमा गठित सो कमिटीमा मिङमादेण्डी शेर्पा सहसंयोजक रहेका छन।२७ सदस्यीय सो कमिटीका सदस्यहरुमा लाक्पादेण्डी शेर्पा,नरम्डु शेर्पा, पेमछोङ शेर्पा,ओङ्दी शेर्पा,पासाङ शेर्पा,साङ्यो शेर्पा,फुर्ग्याल्जेन शेर्पा,ङिमा ओसेर शेर्पा,सम्रु शेर्पा,साङ्गे शेर्पा र ङिमा साङ्गे शेर्पा रहेका छन् ।

यसैगरी,फुर्वा ओङ्छु शेर्पा,पेम्बा शेर्पा ,ङिमा ओङ्छु शेर्पा,लाक्पा नुरु शेर्पा,ङिमा तेन्जी शेर्पा,दादोर्जी शेर्पा,ङिमातेन्जी शेर्पा,फुडिंमा शेर्पा,आङ छोतर शेर्पा,ङिमा साङ्गे शेर्पा र याङ्जुम शेर्पा पनि कमिटीको सदस्य रहेको नेकपा युबा नेता दीप किराँतीले जानकारी दिए।

कार्यक्रममा गाउँपार्टी कमिटी अध्यक्ष राई, गाउँपालिका अध्यक्ष सागर किराँती, नेकपा जिल्ला कमिटी सदस्यहरु लालमान कुलुङ, गन्जकुबीर राइ,१ नं वडाध्यक्षसमेत रहेका यूबा संघ अध्यक्ष लाकुबीर राई र सोही वडाका पार्टी अध्यक्ष निरकुमार राई र सचिब दिपक कुलुङ लगायतको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्