काठमाडौं उपत्यकामा २ हजार नाघ्यो कोरोना संक्रमितको संख्या
काठमाडौं, २ भदौ ।काठमाडौ उपत्यकामा अहिलेसम्म दुई हजार १३४ जना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हिजो मात्रै उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो। सोमबारसम्म काठमाडौँ जिल्लामा एक हजार ७ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए।
त्यसैगरी ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना रहेका छन्। उपचारपछि निको भएर घर फर्कनेको संख्या २ सय ४१ जना मात्र रहेको अधिकारीको भनाइ छ।

