संक्रमण न्यूनीकरणका लागि सरकारलाई कांग्रेस नेता कार्कीका ८ सुझाव

काठमाडौ, २ भदौ ।कोरोना भाइरस संक्रमणका कारण नेपालमा सोमबारसम्म १ सय ७ जनाको मृत्यु भएको छ।संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै जांदा कुल २७ हजार २ सय ४१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्बजनिक गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्रमात्रै कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ।पछिल्लो समय दिनहुँ जसो मुलुकभर सरदर ५ सय र काठमाडौं उपत्यकामा सरदर १ सय ५० को हाराहारीमा संक्रमितहरु बढिरहेका छन।कतिपय स्थानहरुमा समुदायस्तरमै कोरोना फैलिएको बिज्ञहरुको चेतावनी छ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको यो गतिले नेपालमा भयावह रुप लिने संभावना बढ्दै गएको छ।भुसको आगोको शैलीमा मुलुकभर फैलिइरहेको कोरोना भाइरस संक्रमणले यतिबेला सबैलाई चिन्तित र त्रसित बनाएको छ।
यसै सन्दर्भमा वरिष्ठ उद्योगी समेत रहेका नेपाली कांग्रेस उद्योग तथा ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाश सिंह कार्कीले काठमाडौमा सङ्क्रमितहरुको संख्या दिनहुुँ बढिरहेका कारण सबैलाई सजग र सतर्क हुन अनुरोध गर्नुभएको छ।
संक्रमणको यो गतिले मुलुकमा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भन्दै कांग्रेस नेता कार्कीले संक्रमणको यो भयावह स्थितिलाई रोक्न परिस्थितिको गम्भीरतापूर्बक विश्लेषण गरि कदम अगाडी बढाउन सरकारसंग आग्रह समेत गर्नु भएको छ।
वहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारलाई ८ बुंदे सुझाव समेत दिनुभएको छ। सरकारको तर्फबाट तत्काल गर्नुपर्ने काम भन्दै सामाजिक सन्जाल फेसबुकमार्फत कार्कीले दिनुभएका सुझाव यस्ता छन:
– १५ दिनको लागि लकडाउन / कर्फ्यु लगाउन पर्ने !
-देशभर लकडाउन / कर्फ्यु जारी गरि परिक्षणको दायरा बिस्तार गर्नुपर्ने ।
– केही प्राइभेट तथा सरकारी अस्पताललाई कोरोना (COVID -19 ) अस्पतालको रुपमा बिकास गर्नुपर्ने
– अस्पतालहरु सर्बसाधारणको पहुँचमा हुनुपर्ने ।
-काठमाडौमा कोरोना भाइरस परिक्षणको दायरा बढाउन पर्ने।
-कोरोना भाइरस परिक्षण बिधी (PCR )को रिपोर्ट छिटो आउने मेसिनको ब्यबस्थापन गर्नुपर्ने ।
-काठमाडौ उपत्यकामा आवतजावत तत्कालको लागि पुर्ण रुपमा बन्द गर्नुपर्ने ।
-कोरोना (COVID -19) भाइरसको भ्याक्सिन बनिसकेको र बन्ने क्रममा रहेको हुँदा नेपालले पनि उक्त भ्याक्सिनको अग्रिम बुकिङ गर्नुपर्ने।

