उत्तर प्रदेश राज्यका मन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु



एजेन्सी |  भारतको उत्तर प्रदेश राज्यका गृह रक्षक मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित चौहानको उपचारका क्रममा गुरुग्रामको मेदान्त अस्पतालमा मृत्यु भएको उनका भाइ पुष्पेन्द्र चौहानले पुष्टि गरेका हुन्।

पूर्वक्रिकेटर समेत रहेका ७२ वर्षीय चौहानलाई गत जुलाई १९ मा कोभिड–१९ पुष्टि भएको थियो। चौहान उत्तर प्रदेश सरकारको सैनिक कल्याण, गृह रक्षक तथा नागरिक सुरक्षामन्त्री थिए।

प्रतिक्रिया दिनुहोस्