कालिकोटमा पहिरोमा परि ६ जनाको मृत्यु

काठमाडौं, ३० साउन । कालिकोटको महाबै गाउँपालिकाको वडा नम्बर ३ मा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रजबहादुर विष्टको परिवारका सदस्य रहेका छन् । विष्ट वडा सदस्य पनि हुन् । पहिरोमा परि उनका दुई छोरा, दुई छोरी र उनका दाजुका दुई छोरी गरि ६ जनाको मृत्यु भएको हो । पहिरो गएको ठाउँमा अहिले प्रहरी र स्थानीय मिलेर उद्धारमा जुटेका छन् ।


