काठमाडौंमा थपिए १३८ कोरोना संक्रमित , जम्मा संख्या १४५२ पुग्यो

काठमाडौं , २८ साउन।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३८ कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा कुल संक्रमितको संख्या एक हजार ४५२ पुगेको छ ।

जसमध्ये काठमाडौंमा ११६७, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १०९, भक्तपुर आठ जना र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएको देखाएको छ ।
त्यसैगरी देशैभर बुधबार ४ सय ८४ कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ। देशैभर कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । कोरोना निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको पनि मन्त्रालयले जनाएको छ।

