कांग्रेसका विभिन्न बिभागमा कार्की र शेर्पासहित सोलुबाट ६ सदस्य मनोनीत

काठमाडौं, २६ साउन।वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बिरोधका बाबजुद नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बिभिन्न बिभागहरुमा सदस्य मनोनयनलाई तीब्रता दिएका छन।

आइतबार रातिमात्रै १० वटा केन्द्रीय बिभागमा ३ सय ९४ जनालाई मनोनयन गरेका सभापति देउवाले सोमबार थप पांच बिभागको गठन गरेका छन।सभापति देउवाले सोमबार उद्योग ब्यापार ,आदिवासी जनजाति,जनसम्पर्क समिति,श्रमिक तथा ट्रेड युनियन,राज्य प्रशासन बिभागमा १ सय ६६ जना सदस्य मनोनयन गरेका हुन।सोमबार मनोनीत बिभाग मध्ये उद्योग ब्यापार बिभागको केन्द्रीय सदस्यमा सोलुखुम्बुबाट प्रकाश सिंह कार्की मनोनयनमा परेका छन।

नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय कार्यकारिणी सदस्यका साथै नेपाल फ्रेट फर्वार्डस एसोसिएसन का अध्यक्ष समेत रहेका कार्की सोलुखुम्बु कांग्रेसका प्रभावशाली नेता भित्र गनिन्छन।उनी अहिले मौलाउंदो गुटगत राजनीतिले कांग्रेस कमजोर बनेको भन्दै जिल्लामा पार्टी लाई एक ढिक्का बनाएर लाने प्रयासमा समेत लागेका छन।
यसैगरी आदिवासी जनजाति बिभागको सदस्यमा वरिष्ठ पर्यटन ब्यबसायी आङछिरिङ शेर्पा र सुर्य कुलुङ राई तथा राज्य प्रशासन बिभागको सदस्यमा रोशन बाबु थुलुङ मनोनीत भएका छन। सुर्य सोलुखुम्बु प्रदेश क कांग्रेस सभापति हुन।उता आइतबार राति गठित बिभाग मध्य बन बाताबरण तथा बिपत ब्यबस्थापन बिभाग सोलुखुम्बुबाट कर्मा शेर्पा र स्थानीय तह समन्वय बिभागको सदस्यमा गणेश बस्नेत मनोनयनमा परेका छन।
सोलुखुम्बुमा सक्रिय कांग्रेसका दुई गुट मध्य चारै जना आङगेलु शेर्पा निकट मानिन्छन् ।कर्मा शेर्पा गुटबाट जिल्ला प्रदेश ख को पार्टी सभापति र बस्नेत बीपी चिन्तन प्रतिस्ठानका सोलुखुम्बुका संयोजक हुन।

