Rahashya Khabar Online News Portal
गृहपृष्ठ
  • होमपेज
  • समाचार
  • विविध
  • राजनीति
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकूद
  • मनोरञ्जन
  • विश्व
  • Epaper

एनसेलले सुरु गर्‍यो गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ सेवा


प्रकाशित मिति: २०७७ श्रावण २३, शुक्रबार १८:०९

काठमाडौं,२३ साउन। नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ।

कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन् । गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरेको थियो ।

वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।”

वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समुह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् ।

त्यस्तै प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ ।

४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्बोच्चको आदेश

काठमाडौं,८ फागुन । सर्वोच्च अदालतले राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल

टिकटक प्रतियोगिता गर्दै निर्बाचन आयोग,पहिलो हुनेलाई ५० हजार पुरस्कार

काठमाडौं,८ फागुन । निर्बाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै

सोलुखुम्बुमा एमाले नेतृ पार्वती राई कुटपिटबाट घाइते, एमाले र नेकपा आरोप प्रत्यारोपमा

सोलुखुम्बु, फागुन ७ । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राई कुटपिटबाट घाइते भएकी

बास्तोला र कट्टेललाई तत्काल रिहाई गर्न संयुक्त सङ्घर्ष समितिको माग

काठमाडौँ,७ फागुन । चार वटा पार्टी सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको

Rahashyakhabar-109500660555843

ट्रेन्डिङ

  • सिन्धुली-२ का स्वतन्त्र उम्मेदवार वाईवाले सार्बजनिक गरे ‘नयाँ सिन्धुलीको प्रतिज्ञा पत्र’
  • सोलुखुम्बुमा एमाले नेतृ पार्वती राई कुटपिटबाट घाइते, एमाले र नेकपा आरोप प्रत्यारोपमा
  • देशभक्तिको भावनाले ओतप्रोत गीत ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ सार्वजनिक
  • नेपाली सेनाको गौरव, राजनीतिक पूर्वाग्रह र वर्तमान सङ्कट
  • आबुधाबीमा लक्ष्मणले दिलाए नेपाललाई स्वर्ण पदक
  • बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
  • बास्तोला र कट्टेललाई तत्काल रिहाई गर्न संयुक्त सङ्घर्ष समितिको माग
  • आयो निर्देशक सुब्बाको ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो
  • एमाले नेता रामवीर मानन्धर सहितका चार नेता कांग्रेस प्रवेश
  • टिकटक प्रतियोगिता गर्दै निर्बाचन आयोग,पहिलो हुनेलाई ५० हजार पुरस्कार
ताजा अपडेट
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्बोच्चको आदेश

काठमाडौं,८ फागुन । सर्वोच्च अदालतले राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल

आबुधाबीमा लक्ष्मणले दिलाए नेपाललाई स्वर्ण पदक

आबुधाबी । युएईको आबु्धाबीमा सम्पन्न ओपन मास्टर्स गेम २०२६मा नेपालका कराते खेलाडि लक्ष्मण थापा मगरले

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

मोरङ,८ फागुन । बेलबारीका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को तेस्रो कृति ‘सिलसिला’(मुक्तकसङ्ग्रह) को बेलबारीमा लोकार्पण

दुधकुण्ड मिडिया एण्ड मल्टिपर्पोज प्रा.लि द्वारा सञ्चालित

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७

सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७

स्थायी लेखा नम्बर : ६००४२१९२२

कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१
  • प्रकाशक/ प्रधान सम्पादक
    मुक्ति बास्तोला

    सम्पादक
    युबराज दाहाल

    युरोप संवाददाता

    दिप खालिङ

  • 9851362406
  • [email protected], [email protected]

Rahashya Page
©2026 Rahashya Khabar Online News Portal सर्वाधिकार सुरक्षित
हाम्रो बारेमा
Web Design By bikashsoft