बुधबार थपिए ३८१, संक्रमितको संख्या २१ हजार ३९०, ६० जनाको मृत्यु



काठमाडौं।बितेको २४ घण्टामा थप ३८१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बुधबार थपिएको सहित नेपालमा संक्रमित संख्या २१ हजार ३९० पुगेको छ।

२४ घण्टामा एकै दिन पर्सामा १५१ जनामा संक्रमण पुष्टि भएको छ। यसपछि बारामा २८ जना र महोत्तरीमा १५ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी उपत्यकामा बुधबार ६२ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ५७ र ललितपुरमा पाँच जनामा संक्रमण पुष्टि भएको छ।

बितेको २४ घण्टामा १३० जना डिस्चार्ज भएका छन्। यो सहित संक्रमित निको भएर घर फर्कनेको संख्या १५ हजार १५६ जना पुगेको छ। हालसम्म ९ हजार ९२५ जना क्वारेन्टिनमा छन् भने ६ हजार १७४ जना उपचारत छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ। बुधबार मृतकको संख्या दुई थपिएको छ।

प्रतिक्रिया दिनुहोस्