नबिल पुनः ‘नेपालको उत्कृष्ट बैंक’ घोषित



काठमाडौं । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रोपटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’को रूपमा पुरस्कृत गरेको छ । समकालीन बैंकहरूमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गरेको बताइएको छ । नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो । सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रूपमा मानिन्छ । यसले प्रत्येक वर्ष अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरूलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्