राईको मृत्युबारे सत्यतथ्य छानबिन गर्न बिप्लव नेकपाको माग

सोलुखुम्बु, १७ साउन । नेपाल कम्युनिस्ट पार्टी (बिप्लव समूह) सोलुखुम्बुले थुलुङ दुधकोशी गाउँपालिकामा मृत भेटिएका भनिएका मणिकुमार राई ‘मनिष’को मृत्युका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न माग गरेको छ।
राई पार्टीको सोलुखुम्बु जिल्ला इन्चार्ज रहेको उल्लेख गर्दै सो पार्टीले उनी उदयपुर कारागारबाट १८ दिन अघिमात्रै पूर्ण रिहा भएको जनाएको छ।सोलुखुम्बुमा २७ महिना बन्दी जीवन बिताएका राइलाइ त्यसपछि उदयपुर रिफर गरिएको नेकपा ( बिप्लव) समूहले जनाएको छ। ४७ बर्षीय राइ थुलुङ दुधकोशी ८ देउसाको चोचेली डाँडाको भिर मुनि शुक्रवार मृत फेला परेका थिए।
Chat conversation end

