भारतीय दादागिरी  विरुद्धमा देशका सवै देशभक्तलाई  उत्रार्ने प्रगतिशील युवा संघको  नेपाल  घोषणा 



काठमाडौ । प्रगतिशील युवा संघ नेपालले राष्ट्रियताको सवालमा खरो रुपमा उत्रने बताएको छ । संघका संयोजक दिनेश खातीले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतीय विस्तारवादले नेपालको भुभि हडपेको  र नेपालीहरुलाई गिज्याईरहेको अवस्थामा सवै देशभक्त राष्ट्रवादीहरुलाई एकढिक्का गराएर भारतका बिरुद्ध राष्ट्रिय मुक्तियुद्ध लड्न सवै देशभक्त युवाहरुलाई आवाहन पनि गरिएको छ ।

प्रगतिशील युवा संघ नेपालको तत्कालै पुनःगठित अध्यक्षले पहिलो बैठकवाट नै उक्त निर्णय गरेको  प्रगतिशील युवा संघ नेपालका सह संयोजक मोहन कार्कीले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्