कांग्रेसमा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञसभा गठन :सोलुबाट शर्मासहित पाँच सदस्य मनोनयन

काठमाडौं, १४ साउन ।पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने गरि सभापति शेरबहादुर देउवाले बिभाग मनोनयनलाई तीब्रता दिएको भन्दै वरिष्ठ नेता वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बिरोध गरिरहेका बेला नेपाली कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्।

पौडेल समूहले बिभाग गठन रोक्न माग गरिरहेका बेला बुधवार कांग्रेस सभापति देउवाले आफु लगायत पूर्बसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाट समेत गरी ४७९ जना सदस्यलाई सभामा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्। नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा नेपाली कांग्रेसका सभापति देउवाद्वारा सदस्यहरुलाई मनोनयन गरेको जनाएका छन्।
जारी बिज्ञप्तिमा उल्लेख भए अनुसार ज्येष्ठ राजनीतिज्ञ सभामा सोलुखुम्बु जिल्लाबाट इन्द्रकुमारी शर्मा, गणेश बहादुर बस्नेत, छत्रध्वज बस्नेत, तेन्डी शेर्पा, रमेशबाबु थुलुङ मनाेनयन गरिएको छ।

