सांसद राइ नेतृत्वको टोलिद्वारा अर्थ तथा सन्चारमन्त्री खतिवडासँग भेट, भौतिक निर्माण र सन्चारको बिकासमा सोलुखुम्बुलाई प्राथमिकता दिन आग्रह ,



 

काठमाडौं, ११ साउन । सन्चार तथा सूचना प्रबिधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री युबराज खतिवडाले सोलुखुम्बु जिल्लामा फोरजी सेवा बिस्तारका लागि सन्चार मन्त्रालयले काम गरिरहेको बताएका छन। सोलुखुम्बु जिल्लाबाट निर्बाचित संघीय सांसद हेमकुमार राई ‘सुरबीर’को नेतृत्वमा गएको जनप्रतिनिधिमण्डलसंगको भेटमा अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन।

प्रतिनिधिमण्डलमा सांसद राइसंगै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राई,खुम्बुपासाङ ल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पा लगायतका जनप्रतिनिधि सहभागी थिए। भेटमा जिल्लामा निर्माणाधीन सडकहरुको काम छिटो सम्पन्न गर्न आवश्यक थप बजेटको ब्यबस्था गर्न र सन्चारको गुणस्तरीयता वृद्धि गर्न मन्त्री खतिवडाको ध्यानाकर्षण गरिएको गरिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राइले जानकारी दिए।राइका अनुसार कटारी-घुर्मी एक खण्ड र सल्लेरी- खुम्बु अर्को गरि दुई खण्ड गरि हिमाल तराई जोड्ने सडकको काम अगाडी बढाउन सांसद राइले आग्रह गरेका थिए।

यसैगरी,नेले-देउसा-सोताङ-महाकुलुङ-साल्पा भञ्ज्याङ्,तिङला -सल्यान -नेचाको सडक स्तरोन्नति र गोल्डेन ट्र्याङ्गल सडक तेश्रो खण्ड ठेक्का लगाइ काम अगाडी बडाउन र पहिलो र दोश्रो खण्डको काम छिटो सक्न मन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो। सोलुखुम्बु जिल्लामा निर्माणाधीन नेपाल टेलिकमका फोरजी टावरको निर्माण ढिलाइ हुँदा स्थानीय जनता इन्टरनेटको पंहुचसंग जोडिन नसकेको भन्दै टावरहरुको निर्माण छिटो सम्पन्न गरि फोरजी सेवा सुरु गर्न सांसद राइको आग्रह थियो।उनले जिल्लाका आठ वटै स्थानीय तहमा अप्टिकल फाइवर बिस्तारको कामलाई तीब्रता दिन पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा मन्त्री खतिवडाले सोलुखुम्बुको भौतिक निर्माण र सन्चारको बिकासलाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिएको कार्यबाहक अध्यक्ष शेर्पाले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस्