पत्रकार महासंघको भेला भदौ २ र ३ गते हेटौंडामा हुने



काठमाडौं, ९ साउन । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा हुने भएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बिहीबार बसेको केन्द्रिय समितिको बैठकले हेटौडामा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

महासंघले २०७७ बैशाखमै राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । तर, कोरोना महामारीका कारण स्थगित भएको थियो । अब बस्ने बस्ने राष्ट्रिय भेलाले २६औं महाधिवेशनको मिति तय गर्नेछ ।

सो बैठकले कोरोनाको कारण देखाई बेतलबी बिदामा राख्ने, निष्काशन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेकोप्रति आपत्ति जनाउँदै संघर्षका कार्यक्रम कडा बनाउने निर्णय गरेको छ ।

महासंघले स्थापना आपतकालीन कोषमा महासंघ केन्द्रका तर्फबाट ३० लाख र महासंघ बेलायत शाखाबाट २० लाख जम्मा भइसकेको र स्वैच्छिक योगदान गर्न चाहनेलाई साउन मसान्तभित्र जम्मा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्