बिहीबार थपिए १ सय ४७ कोरोना संक्रमित



काठमाडौं ८ श्रावण । देशभर कोरोनाका १ सय ४७ नयाँ कोरोनाका बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ५८ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए। देशभर बिहिबार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।

बिहीबार पीसीआर विधिबाट ३ हजार ४ सय ८१ जना नमुना परीक्षण भएका छन्। जसमा १ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ। अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत रहेका छन्।

बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। बिहीबार १ सय ५६ जना गरी अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। अहिले देशभरीका क्वारेन्टिनहरुमा २० हजार ९८ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्