कोरोनाको संक्रमण फैलिएपछि सप्तरीको राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा



काठमाडौ ७ श्रावण । सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवारस्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृतक वृद्धका परिवारका ५ जना सदस्य, एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्