चेपाङबस्तीमाथी भएको ज्यादतीको माओवादी केन्द्रको ताम्सालिङ समितिद्वारा भत्सर्ना



काठमाडौं, ६ साउन। नेपाल कम्युनिस्ट पार्टी (माओबादी) केन्द्र नेवा ताम्सालिङ समितिले चितवन माडीका सुकुम्बासी चेपाङ समुदायमाथि निकुञ्ज प्रशासनबाट गरिएको अमानवीय ज्यदतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनांउदै घटनाको निन्दा र भत्सर्ना गरेको छ।

घटनामा संलग्नहरुमाथी शिघ्र कारबाहीको माग गर्दै समितिले बिचल्लीमा पारिएका नागरिकहरुको उचित ब्यबस्थापन गर्न समेत माग गरेको छ।

स्थिर भनिएको नेकपा नेतृत्वको सरकारले बिपतबाट जनतालाई जोगाउन कुनैपनि योजना र कार्यक्रम ल्याउन नसक्नु असफलता को प्रमाण भएको उल्लेख गर्दै समितिका अध्यक्ष पासाङ मोक्तानद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बाढीपहिरोबाट पीडित जनताको उचित ब्यबस्थापन, घाइतेहरु उपचार र बेपत्ताहरुको शिघ्र खोजी गर्न सरकारसँग माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्