फेरि एक हप्तापछि सर्‍यो नेकपा स्थायी कमिटी बैठक



काठमाडौं, ६ असार ।अविरल वर्षाका कारण देशभर बाढी तथा पहिरोको प्रकोपमा परेकाहरुलाई उद्धारमा खटिनुपर्ने भन्दै सत्तारुढ दल नेकपाको बैठक फेरि एक साताका लागि स्थगित गरिएको छ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा मंगलबार केही क्षण बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक १३ साउनसम्म स्थगित गर्ने प्रस्ताव गरेका थिए।

गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक १६ असार देखि बस्न सकेको छैन। १६ असारको स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि ओलीले स्थायी कमिटी बैठक अस्वीकार गरेका थिए। १७ असारमा बालुवाटारमै बैठक बोलाइए पनि ओली अनुपस्थित भएपछि स्थायी कमिटी बस्न सकेको थिएन।

त्यसयता लगातार बैठक स्थगित हुँदै आएको छ। २६ असारदेखि एक साता स्थगित गरिएको बैठक २ साउनमा पनि बस्न सकेन। तर, लामो समय पछाडि ३ साउनमा सचिवालय बैठक बस्यो। बैठकमा प्रधानमन्त्री ओलीले मंसीरमा विशेष महाधिवशनको प्रस्ताव गरे।

प्रधानमन्त्री ओलीको प्रस्ताव पछाडि नेकपा विवादले नयाँ मोड लिएको छ। आइतबार, सोमबार र मंगलबार लगातार प्रधानमन्त्रीको प्रस्ताव केन्द्रित छुट्टा–छुट्टै छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्